प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६
काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन कैदी फरार भएपछि ड्युटीमा रहेका चार प्रहरीलाई निलम्बित गरिएको छ ।
सोमबार राति तीन कैदीले ग्रिल उप्काएर भागेपछि प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा बनाइएको छानबिन समितिले ड्यूटीमा रहेका चार प्रहरीलाई निलम्बत गरिएको हो ।
जेलबाट भागेका कैदीको परिचय खुलाइएको छैन भने निलम्बित प्रहरीहरुको पनि नाम गोप्य राखिएको छ । भागेका कैदीहरु खोज्ज सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij