आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विवादै विवादको घेरामा सशस्त्रका आइजीपी, सेना र प्रहरीको अधिकार खोस्ने षडयन्त्र

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, सशस्त्र विद्रोह निस्तेज पार्न र विपत व्यवस्थापनको जिम्मेवारी तोकिएको छ । यी जिम्मेवारी पूरा गर्न अक्षम सावित भइसकेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेपाली सेना र नेपाल प्रहरीको अधिकार क्षेत्रमा आँखा लगाएका छन् ।

    उनले नेपाली सेना र प्रहरीबाट सम्पादन भइरहेका काम सशस्त्रलाई दिनुपर्ने प्रस्ताव सशस्त्र प्रहरी ऐनको मस्यौदामा उल्लेख गरेका छन् । सीमा सुरक्षाका लागि विगतमा बोर्डरआउट पोष्टमा ५० जनाको संख्यामा राखिएको सशस्त्रको संख्या घटाएर ५ जनामा सीमित राखेका आइजीपी खनालले राजमार्ग सुरक्षार्थ सशस्त्रको डफ्फालाई तराईबाट पहाडतिर थुपारेका छन् ।

    तराईको सुरक्षा संवेदनशीलतालाई ख्याल गरी राजमार्ग सुरक्षाका लागि राखिएको फौजको संख्या भारीमात्रामा कटौती गरी आवश्यकै नभएको डोटी जस्ता जिल्लामा ७ सयको संख्यामा पठाइएका छन् । सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्रले सीमापार अपराधदेखि भन्सार छली र चोरी तस्करी नियन्त्रणमा सिन्को पनि भाँच्न सकेको छैन ।

    सीमापार अपराध र भन्सारछली नियन्त्रणको क्षेत्रमा नेपाल प्रहरीले उल्लेख्य काम गरेको छ । तर सशस्त्रले केही गर्न सकेको छैन । दिएको जिम्मेवारी पूरा नगर्ने सशस्त्र प्रहरीका आइजीपी खनालले संगठनले तयार पारेको ऐनको मस्यौदामा सेनाले गर्दै आएको प्राकृतिक सम्पदा (राष्ट्रिय निकुन्ज)को सुरक्षाको जिम्मेवारी पनि सशस्त्रलाई दिन प्रस्ताव गरिएको छ ।

    मस्यौदामा उल्लेख नगरे पनि सशस्त्र प्रहरी बलका आइजीपी खनालले सेना सरहको हतियार सशस्त्रलाई दिनुपर्ने लबिङ गर्दै आएका छन् । सशस्त्र प्रहरी ऐनको मस्यौदामा नेपाल प्रहरीले गर्दै आएको पक्राउ गर्नेदेखि खानतलासी र मुचुल्का गर्ने अधिकार पनि दिनुपर्ने माग गरिएको छ । त्यसका अतिरिक्त पर्यटक प्रहरीमा पनि सशस्त्रले आँखा लगाएको छ ।

    नेपाल प्रहरीमा इन्स्पेक्टर हुँदा पर्यटक प्रहरीमा प्रमुख हुने मौका पाएका खनालले त्यहाँ हुने आकर्षक फाइदा थाहा पाएकाले त्यसमा पनि नजर लगाएका छन् । सशस्त्र प्रहरी ऐनमा माउन्टेनियरिङ ट्रेनिङ स्कूल स्थापना गर्ने उल्लेख छ । जुन स्कुल स्थापनाको कुरा ऐनको मस्यौदामा हाल्नुको तात्पर्य पर्यटक प्रहरी नेपाल प्रहरीबाट खोस्नकै लागि हो ।

    सीमा सुरक्षामा बेवास्ता गर्ने, विपत ब्यवस्थापन गर्ने जस्तो गहन् जिम्मेवारी पूरा गर्ने कुनै कार्ययोजना नबनाउने र सशस्त्र विद्रोह नियन्त्रण गर्न ठोस कार्यक्रम बनाउन नसक्ने आइजीपी खनालले अरु सुरक्षा निकायको अधिकार क्षेत्रको माग ऐनको मस्यौदामा लेखेर नयाँ काम गर्दैछु भनेर भ्रम दिन खोजेका छन् ।

    उनले केही दिनअघि पर्यटक प्रहरीदेखि निकुन्ज सुरक्षाको सशस्त्रलाई दिनुपर्ने माग गृहमन्त्रालयमा राखेपछि गृहसचिव प्रेमकुमार राईले उनलाई हप्काएर पठाइदिएका थिए ।

    (यूनाइटेड पोस्ट साप्ताहिक)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij