आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रंगशाला निर्माणमा धुर्मुस सुन्तली फर्किए

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । केही समयदेखि चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ । चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि फाउन्डेसन काममा फर्किएको हो ।

    फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय गरेको बताए । ‘परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

    स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ । जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु विश्वस्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij