आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फेसबुकमाथि ५ अर्बको जरिवाना

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • फेसबुकमाथि ५ अर्ब अमेरिकी डलरको जरिवाना लागेको छ।

    आफूसँग भएको तथ्याङ्क गोप्य रुपमा राख्न नसकेको आरोपमा फेसबुकमाथि जरिवाना परेको हो ।  प्राविधिजन्य कम्पनी माथिको यो अहिलेसम्मकै ठूलो जरिवाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

    यसअघि सन् २०१२ मा गुगललाई पनि २ करोड २५ लाख रुपैयाँ जरिवाना लागेको थियो। गुगलमाथिको जरिवाना पनि व्यक्तिगत विवरण चुहाएको आरोपमा लगाइएको थियो।

    फेसबुकमाथि लागेको यो जरिवाना उसको आम्दानीको करिब ९ प्रतिशत हो। ‘फेड्रल ट्रेड कमिसन’ (एफटिसी)ले यस विषयमा फेसबुकमाथि अनुसन्धान गरिरहेको थियो। बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख प्रयोगकर्ताका तथ्यांकको फेसबुकले दुरूपयोग गरेको जनाएको छ।

    क्याम्ब्रिज एनालिटिकाका मुद्दाबारे एफटीसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो। अधिकारीका अनुसार अनुसन्धान फेसबुकले सन् २०११ को सहमति भंग गरे/नगरेकोमा केन्द्रित थियो ।

    उक्त सहमतिअनुसार फेसबुकले अरूलाई तथ्यांक दिँदा प्रयोगकर्ताको सहमति लिनुपर्ने छ। एफटीसीका सत्तारूढ रिपब्लिकन समर्थकहरू फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगाउनुपर्ने पक्षमा उत्रेका हुन्। डेमोक्र्याट पक्षधर भने जरिवानाको विपक्षमा उभिएको ‘द वाल स्ट्रिट जर्नल’ ले उल्लेख गरेको छ।

    फेसबुकलाई जरिवाना रकम तिराउनुअघि न्याय मन्त्रालयको स्वीकृत आवश्यक पर्ने छ। लगानीकर्ताहरूले फेसबुकमाथि हुन लागेको जरिवानालाई सकारात्मक रूपमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। समाचार सार्वजनिक भएसँगै फेसबुकको सेयर १.८ प्रतिशतले बढेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij