आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४३ केजी लागुऔषध चरेससहित मुग्लिनबाट एक जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६



  • मुग्लिन । चितवनमा लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

    बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए।

    दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर

    चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडाँैबाट नारायणगढतर्फ गइरहेको ग१ख ५३५५ नंको माइक्रोबस भरतपुर महानगरपालिका–१ स्थित आँपटारीमा सोमबार साँझ ६ः४५ बजे अनियन्त्रित भई पल्टिँदा माइक्रोबसमा सवार सात घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    घाइतेको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। घाइतेमध्ये चितवन रत्ननगर नगरपालिका–२ का २५ वर्षीय रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेको छ।

    उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै अन्य घाइते हुनेमा भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका–६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत, काठमाडौँ महानगरपालिका–३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय सन्दीप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना रहेको प्रहरीले जनाएको छ।

    माइक्रोबसमा १० यात्रु रहेकामा तीनको अवस्था भने सामान्य रहेको जनाइएको छ। चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij