आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विवाह भयो भन्ने तर विवाह दर्ता समेत नगरेर मस्ती गर्दै हिँड्ने छवि फेरी बिहे गर्लान् ?

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • काठमाडौँ । पछिल्लो झगडा अघिल्ला श्रीमतीहरूको जस्तै सामसुम पारेर मिलाउन नसकेका छवि ओझा अहिले चौथी श्रीमती शिल्पाको किचलोमा फसेका छन । विवाह भयो भन्ने तर विवाह दर्ता समेत नगरेर मस्ती गर्दै हिँड्ने बानी परेका छवि ओझाको शिल्पा सँगको बिहेको प्रमाण भेटिएपछि उनी पुर्पुरो समाउने स्थितिमा छन ।

    उनको तनाव अहिले भनिनसक्नु स्थितिमा रहेको एक चलचित्रकर्मीले ईहुलाकीलाई बताएका छन । रेखा थापा सँग बिछोडपछि शिल्पासँग सल्केका ओझा शिल्पासँग पनि अडिन सकेनन् । शिल्पाले घरेलु हिंसामा परेको भन्दै उनी विरुद्ध सम्बन्धविच्छेदको लागि प्रहरीमा जाहेरी दिएपछि केही तनावमा परेका उनले रातारात न्याय दिने भन्दै फेसबुकमा स्ट्याटस लेखे ।

    थामथुम पार्न धेरै प्रयास गरे । विभिन्न युट्युब अन्तर्वार्तामा माफी समेत मागे । सायद उनलाई आशा थियो की यो पनि अघिल्ला घटना जस्तै थामथुम हुन्छ तर ओझाकी जेठी श्रीमती हेमा ओझाले गत आइतबार जाहेरी दरखास्त दिएपछि भने उनी झन तनावमा रहेको बताइएको छ ।

    गौशाला प्रहरीले उक्त जाहेरी बुझी मुद्दालाई कालिमाटी महिला सेलमा पठाइसकेको छ । २०४१ सालमा पत्नी बनेकी हेमाले दिएको छवि विरुद्धको जाहेरीमा, ‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु’, भनिएको छ ।

    चलचित्र निर्माता ओझाको विभिन्न महिलासँग नाम जोडिएर आए पनि विवाह नै गरेको भन्ने प्रमाण आफूले नपाएको जेठी श्रीमती हेमा ओझाको जाहेरीमा उल्लेख छ । उनले नायिका शिल्पाको हकमा विवाह नै दर्ता भएको प्रमाण फेला पारेपछि कानुन अनुसार हदैसम्म कारबाहीको माग गरेकी छन्  । छविकी जेठी श्रीमती हेमा ओझाको मुद्दा हेरिरहेका अधिवक्ता स्वागत नेपालले भने अदालतले हेमाको पक्षमा फैसला गरेर बहुविवाह प्रमाणित भएको खण्डमा प्रचलित कानुनअनुसार नायिका शिल्पा र निर्माता छविको विवाह स्वतः खारेज हुने बताएका छन् ।

    हेमाले छविसँग अंश लिइसके पनि दुवै आपसी मञ्जुरीमा नै अलग बसेकोले छविले अर्को विवाह गर्न नपाउने अधिवक्ता नेपालले बताएका छन । जेठी श्रीमती हेमापछि पनि निर्माता छविले चलचित्र कर्मी गीताञ्जली सुनार र नायिका रेखा थापासँग विवाह गरेका थिए  । गीताञ्जलीले भने धेरै बर्ष अघिनै आत्म हत्या गरेकी थिइन् ।

    उनीबाट जन्मिएका छोरा अहिले निर्माता छवि ओझासँगै बसेका छन् । श्रीमति थुपार्दै हिँड्ने गरेका छवि शिल्पासँगको वार पछि आउँदा दिनमा केटी पछाडी नलाग्ने हुन की उस्तै पारा देखाउनेहुन त्यो आगामी दिनले देखाउने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij