‘पत्र’मा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बा*च्न सक्दिन । हजुरको सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्तो बनाउनु चाहनु हुन्थ्यो, म त्यस्तै बन्न सकिन, म म*रे पनि दुई दाजुहरू छन् । उनीहरूलाई राम्रो पढाउनु, म त हजुरको नालायक छोरा न परे, अब खुसीसँग बस्नु ।
पत्रमा आफूले दारु कहिल्यै नपिएको पनि उल्लेख गरेको छ । उनले अघि लेखेका छन्( ‘अनि मैले दारू कहिल्यै पनि छोएको छैन, खानु त कता हो ।’ पत्रमा आफूले चुरोट पिउन छाडेका पनि एक वर्ष भइसकेको लेखेका छन् ।कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेका थिए।
सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर आ*त्म ह*त्या गर्न बाध्य पारिएको आरोप लगाएका छन् । जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गणेशले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आ%त्मह%त्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी समेत दिएका छन् ।‘पत्रमा ’ मा उल्लेखित ‘मृ*त्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको समेत डिएसपी बमले जानकारी दिनुभयो ।
