आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१३ लाख ६० हजारमा बिक्यो एउटा बाख्रो !

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौं। १७१ किलो तौलको एक बाख्रो १३ लाख ६० हजारमा बिक्री भएको छ । यो बाख्रोलाई पुनाको मास गोएट कम्पनीले किनेको छ । भारतको भोपालका आसिफले यो बाख्रो पालेका थिए । आसिफका अनुसार भारतमा अहिलेसम्म १३० किलो तौलम्मका बाख्राको बारेमा सुनिएको छ । तर, उनले जुन बाख्रो तयार गरेका छन् यको तौल १७१ किलो छ त्यसैले यसलाई किंग अफ इण्डिया २०१९ नाम दिइएको छ । तौलका कारण लिम्का बुक अफ रेकर्डसमा दर्ता गर्नको लागि प्रस्ताव पनि गरिएको छ ।

    मुस्लिम संस्कृतिअनुसार बकरीदमा कुर्बानी दिनु शबाब मानिन्छ । यही कारण अहिले बाख्राको मूल्यमा वृद्धि भएको छ । बेलायती, देसी, तोतापरी, अजमेरी, बाबरी र बैभन्दा खास दुंबा सरिखे जातका बाख्रा बिक्री भइरहेका छन् । यी बाख्राहरुको मूल्य हजारदेखि लाखसम्म छन् । आसिफका अनुसार उनी विगत १० वर्षदेखि बाख्रा पालिरहेका छन् । यसपटक साढे ८ लाख भारु (१३ लाख ६० हजार नेपाली रुपैयाँमा) बेचेको बाख्रा पनि उनले भोपालमै डेढ वर्ष पहिले किनेका थिए । त्यतिबेला यो बाख्राको तौल करिब ८० किलो थियो । आसिफले यो बाख्रालाई हरेक दिन २ देखि ३ किलो चना र मकै तथा २ लिटर दूध खुवाउँथे । यसका अलावा जडिबुटी पनि खुवाउँथे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij