आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक करोडसम्मका योजनामा डोजर प्रयोगमा प्रतिबन्ध

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • २६ माघ, काठमाडौं । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ ।

    श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशका–२०७५’ लागू गर्न निर्देशन दिएको छ । निर्देशिकामा १ करोडसम्म लागतका आयोजनाहरु डोजर लगायत हेभी मेसिनरी उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

    अब यस्ता आयोजनामा मानवीय श्रमशक्तिबाटै काम गर्नुपर्नेछ । सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी सरकारले जारी गरेको निर्देशिकाअनुसार नेपाल सरकार, प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायहरुसहित स्थानीय तह सबैले एक करोडसम्मका योजना सम्भव भएसम्म मानवीय जनशक्तिबाटै सञ्चालन गर्नुपर्नेछ ।

    यस्ता कामका लागि आवश्यक जनशक्ति स्थानीय रोजगार सेवा केन्द्रबाट माग गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

    हालसम्म स्थानीय तहमा १७ लाख युवाले बेरोजगारका रुपमा आफ्नो नाम दर्ता गराएका छन् । उनीहरुलाई कम्तीमा ९० दिन रोजगारी दिनुपर्ने र नभए आधा समयको प्रोत्साहन भत्ता (बेरोजगार भत्ता) दिनुपर्ने रोजगार ऐनमा व्यवस्था छ । बेरोजगार भत्ता बाँड्नुपर्ने अवस्थामा अर्बौ रुपैयाँ जानसक्ने श्रम मन्त्रालयको विश्लेषण छ । बेरोजगार भत्ताको साटो रोजगारी दिन १ करोड रुपैयाँसम्मका आयोजना श्रम शक्तिकै प्रयोग गरेर सम्पन्न गर्ने रोजगार ‘मोडल’ ल्याएको छ ।

    यसैवर्षबाट कार्यान्वयन हुने निर्देशिकाले स्थानीय तहमा सञ्चालन हुने प्रायः आयोजनामा अब मानव शक्तिकै प्रयोग हुनेछ । यो व्यवस्थाले गाउँघरमा साना योजनाहरुमा डोजरको अनधिकृत प्रयोगमाथि अंकुश लाग्ने दावी श्रम मन्त्रालयको छ ।

    प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले रोक लगाउँदैन । यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने परिपत्रमा उल्लेख छ ।

    तीनवटै तहले सञ्चालन गर्ने विकास आयोजनाको कुल बजेटको निश्चित प्रतिशत श्रमिकको ज्यालामा खर्च गर्नुपर्नेलगायतका व्यवस्था पनि निर्देशिकामा समेटिएको छ ।

    यसैगरी १ करोडभन्दा माथिका सरकारी आयोजनाहरुमा आवश्यक अदक्ष कामदार स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रमार्फत माग गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा छ । त्यसरी आयोजनाले माग गरेको कामदार रोजगार सेवा केन्द्रले बेरोजगार सूचीमा रहेकाहरुलाई आपूर्ति गर्ने व्यवस्था छ ।

    ठूला आयोजनाका लागि ठेकेदारसँग सम्झौता गर्दा कामदार आपूर्ति स्थानीय रोजगार सेवा केन्द्रमार्फत गर्ने गरी सम्झौतापत्रकै व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij