प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६
काठमाडौं– ग्लोबल अनलाईन सपिङ्ग मार्ट रारामार्टले पहिलो पटक स्वास्थ्य बीमा सहितको नयाँ प्याकेस सार्वजनिक गरेको छ । रारामार्ट डट्कमले नेपाली बजारमा आफ्नो पोर्टलबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि स्वास्थ्य बीमा योजना ल्याएको हो ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रारा ईन्कर्पोरेशन नेपाल प्रालिले ‘सपिङ्ग पनि, निःशुल्क स्वास्थ्य बीमा पनि’ कार्यक्रम सार्वजनिक गरेको हो । बीमा प्याकेज सार्वजनिक गर्दै कम्पनीले नेपालकै इतिहासमा पहिलोपटक सपिङ्ग क्षेत्रमा बीमा योजना कार्यक्रम ल्याएको दाबी गरेको छ । उक्त योजना प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.सँगको सहकार्यमा ल्याएको रारामार्टले जनाएको छ ।
यो योजना अन्तरगत रारा मार्टबाट सामान किन्ने जोकोही ग्राहकले न्यूनतम २५ हजारदेखि अधिकतम एक लाख रुपैयाँ सम्मको बीमा पाउने छन् । कम्पनीकाअनुसार सामान किन्ने व्यक्तिले मात्र नभएर पूर्ण परिवारको सदस्यहरुले समेत निःशुल्क स्वास्थ्य बीमा पाउने छन् । तर त्यसका लागि ग्राहकले कम्तिमा २० हजारको सामान किनमेल गर्नुपर्ने राराले बताएको छ । बीमा योजना जुनकुनै रारा प्रोडक्टको खरिदमा प्राप्त गर्न सकिने छ ।
बीमा दाबी गर्दा ग्राहकले नेपालको कानुन, बीमा दाबी तथा बीमा समिति नेपालको निर्देशिकाहरुले गरेको व्यवस्था मुताविक प्रिमियम ईन्स्योरेन्स कम्पनीबाट प्रदान गरिने रारामार्टले बताएको छ । साथै निशुल्क बीमा योजना अन्तरगत नेपाल तथा भारतका जुनसुकै अस्पतालहरुबाट उपचार गराउँदा लाग्ने स्वास्थ्य उपचार खर्च बीमा रकमको सीमाभित्र रहि व्यवस्था अनुरुप उपचार खर्च प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यसै अवसरमा रारामार्टले ‘रारा फ्राइडे, अनलाईन हाटबजार’ योजना समेत ल्याएको छ । यस योजना अन्तरगत रारामार्टबाट सामान खरिद गर्ने ग्राहकले प्रत्येक शुक्रबार अधिकतम छुट पाउने छन् ।
ग्राहकहरुको सेवा सुविधा र सहुलियततालाई ध्यानमा राखि रारा फ्राईडे, अनलाईन हाटबजार अभियान चलाएको कम्पनीले बताएको छ । अन्तर्राट्रिय बजारमा वर्षमा एकपटक ब्ल्याक फ्राइडे मनाएजस्तै रारामार्टले पनि नेपाली बजारमा प्रत्येक शुक्रबार रारा फ्राईडे अवधारणा ल्याइएको कम्पनीका संचालक प्रकाशचन्द्र सापकोटाले बताएका छन् ।
‘हामीले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखेर रारा फ्राईडे, अनलाई हाटबजार योजना ल्याएका छौं । यस योजनामा ग्राहकहरुले अधिकतम भन्दा अधिकतमा सुविधा प्राप्त गर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ सापकोटाले भने, ‘रारा फ्राईडे योजना अन्तरगत रारामार्टका ग्राहकहरुले सामान खरिदमा अधिकतम ५० प्रतिशत सम्मको छुट् प्राप्त गर्ने छन् ।’
यस योजना भोल शुक्रबार देखिनै लागू हुने सापकोटाले जानकारी दिए । रारामार्ट जापानबाट शुरु भएको अनलाईन सपिङ्ग पोर्टल हो । हाल यो कम्पनीले नेपाली बजारमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ । भने, ‘अब छिट्टै अमेरिका, भारत लगाएतका अन्तर्राष्ट्रिय बजारमा समेत व्यवसाय विस्तार गर्दै छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij