प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६
काठमाडौं । बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पारित गर्नलाई एक चौथाई सांसद पनि नपुगेपति सभामुखले बैठक नै स्थगित गर्नुपर्यो।
सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ पारित गराउने क्रममा सांसद देव प्रकाश तिमिल्सिनाले गणपुरक सख्या नपुगेको भन्दै प्रश्न उठाएपछि ३ मिनेटसम्म सभामुखले घण्टी बजाएर गणन गरिएको थियो।
गणना गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। नेपालको संविधानको धारा ९४ मा कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।
सोही अनुरुप गणपुरक संख्या ६९ हुनुपर्नेमा ४१ मात्रै भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। विहिबार नै बसेको दोश्रो बैठकले भने सो विधेयक सर्वसम्मति पारित गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij