सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

संगीतबाटै गरेको कमाइले प्रकाश सपुतले घर जोडे

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौं। नेपाली कला क्षेत्र भन्ने बित्तिकै मानिसहरु त्यसमा लाग्न सयपटक सोच्छन्। अझ सांगीतिक क्षेत्रको त कुरै छोडौं। सांगीतिक क्षेत्रमा लागेर जीविकोपार्जन गर्न निकै नै मुस्किल हुन्छ भन्ने धेरै मानिसको बुझाइ छ। तर, पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै नै सुधार आएको छ। गायक गायिकाहरुले संगीतबाटै आफ्नो जीविकोपार्जन गर्न मात्र होइन ठूलो सम्पत्ती नै जोड्न थालेका छन्। यसको पछिल्लो उदाहरण हुन्, गायक प्रकाश सपुत।

    उनले संगीत क्षेत्रमा लागेपछि व्यवसायिक रुपमा अन्य केही काम गरेनन्। संगीतबाटै उनले आफ्नो दैनिक खर्च चलाए। उनले आफ्नो विशुद्ध सांगीतिक कमाइबाट काठमाडौंमा नयाँ घर बनाएका छन्।

    उनले केही दिनअघि आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यसको जानकारी गराएका हुन्। उनले फेसबुकमार्फत सांगीतिक करियरको सुरुको दिनमा आश्रय दिने, काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने तथा माया गर्ने श्रोता तथा दर्शकलाई धन्यवाद दिएका छन्। उनले आफ्नो सातौं वैवाहिक वर्षगाँठमा गरेको यो पोष्ट श्रीमती बिन्दु र आफ्नो लभ सेलिब्रेटसँगै आफू जस्तै धरातलमा उभिएर सपना देख्नेहरुको लागि भएको बताएका छन्।

    उनको फेसबुक स्टाटस जस्ताको त्यस्तैः
    सातौं वैवाहिक वर्षगाठसँगै हामीले काठमाण्डौंमा आफ्नै सानो नयाँ घर बनाएका छौं। नितान्त संगीत कर्मले दिएको हो यो उपलब्धि । मैले यो बीचमा व्यवसायिक रुपमा अरु केही काम गरिन, गर्न जानिन र गर्न सकिन । मेरो विशुद्ध सांगीतिक कमाई भनुम् न । त्यसैले सुरुका दिनमा आश्रय दिने, काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने, माया दिने देश विदेशका तपाई सप्पै सप्पैलाई धन्यवाद । मैले आफ्नो सपनालाई जुनसुकै परिस्थितिमा पनि विचलित हुन दिइन, समयको सर्धै सदुपयोग गरे, संघर्षप्रति समर्पित भए, कामप्रति इमानदार र आर्थिक अनुशासनमा बसे। अब धेरै आर्थिक महत्वकांक्षा छैन। उसै पनि म स्थिर छैन। म स्वतन्त्र जीवन चाहन्छु। बाध्यताले होइन रहरले काम गर्न चाहन्छु। मनको सुन्न चाहन्छु । कसैसँग व्यवसायिक प्रतिस्पर्धा नगरौं भन्ने चाहन्छु । तर जिउनको लागि आधारभूत आवश्यकताहरु हुन्छन्। त्यसमध्ये आफ्नै एउटा छानो जरुरी थियो। पूरा भयो। मैले व्यक्तिको इकोनोमिक स्टाटसलाई उसको व्यक्तित्वसँग जोडेर कहिले हेर्दिन। म त्यस्ता धेरै व्यक्तित्वहरुसँग प्रभावित छु जो आर्थिक रुपमा सधैं साधारण नै रहे। अरु केही बेसिक कुराहरुको व्यवस्थापन हुन यो वर्ष दौडनु नै पर्ला। अर्को वर्षदेखि म अझै बढी स्वतन्त्र हुनेछु। अझै साधारण। अझै फकिर। जिन्दगी सबैथोक पुगेर होइन जानेर जिउने हो। हेर्नुन, अघिल्लो वर्ष हामीले ब्ल्याक कलर म्याच गरेर फोटो खिच्यौं यसपाली ह्वाईट। ठूलो कुरा होइननी ? १ तर यत्तिकै खुसी क्या । त्यसैले जिन्दगीमा खुसी हुने कन्सेप्टहरु बनाउनुस्। यो पोस्ट बिन्दु जी र मेरो लभ सेलिब्रेटका लागि हो, मेरो जस्तै धरातलमा उभिएर सपना देख्नेहरुलाई प्रेरणा होस भन्नका लागि पनि हो र विशेष त तपाईहरुलाई धन्यवाद दिनको लागि हो। धन्यवाद है।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij