मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष

  • प्रकाशित मिति : सोमवार, भदौ १, २०८३



  • काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन्।

    सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनबारे जानकारी गराउँदै सडक खन्दा गएको पहिरोको माटो शिरानमा थुप्रिएको र सो क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको देखिएको स्पष्ट पारे।

    जाजरकोटमा बाढीपहिरोका घटना बढ्नुको कारणबारे मौसम विभागसँग छलफल गरी २४ देखि ७२ घण्टा र सात दिनको वर्षाको विश्लेषण गरिएको उनले बताए। लगातारको वर्षाले जमिनको ‘थ्रेसहोल्ड’ पुगेपछि तथा भूकम्पले पहिले नै चिरा परेका क्षेत्रमा पानी पर्दा जोखिम थप बढेको उनको भनाइ छ।

    कार्यक्रममा प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले चालु मनसुन अवधिमा हालसम्म १ हजार ३ सय १३ वटा विपद्का घटना हुँदा ६७ जनाको मृत्यु भएको जानकारी दिए। गत वर्षको सोही अवधिमा ५ सय ७१ वटा विपद्का घटना हुँदा ४३ जना (साढे ७ प्रतिशत) को मृत्यु भएकोमा यस वर्ष कुल घटना बढे पनि मृत्युको अनुपात घटेर ५ प्रतिशतमा झरेको उनले बताए।

    पछिल्लो एक दशकको तथ्यांक विश्लेषण गर्दा पूर्वानुमान र पूर्वसूचना प्रणालीका कारण बाढीबाट हुने मानवीय क्षति घट्दै गए पनि पहिरोबाट हुने क्षति भने बढ्दै गएको कोइरालाले उल्लेख गरे। त्यसैले आगामी दिनमा पहिरो नियन्त्रण, पहिरोको पूर्वसूचना प्रणालीको विकास र जोखिम न्यूनीकरणका लागि जिम्मेवारी निर्धारण गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा
    सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ
    परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
    भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
    सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ
    प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट
    मोरङमा  सशस्त्र प्रहरीद्वारा  ३५ लाख बढीको अबैध सामान पक्राउ
    सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
    DIGP शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij