आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिवादका लागि मात्र मलाई भेट्न आउनू : महान्यायाधिवक्ता

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं, साउन २६ । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले न्याय सेवामा प्रवेश गरेका नयाँ कर्मचारीलाई आफ्नो कुरामा सहमति जनाउनका लागि नभई प्रतिवाद गर्न आफूलाई भेट्न आउन आग्रह गरेका छन् ।

    महान्यायधिवक्ताको कार्यालयले आज आयोजना गरेको ‘सेवा प्रवेश तालीमको समापन तथा नजीर संग्रहको विमोचन कार्यक्रम’ मा उनले सही कुराको मात्रै समर्थन गर्न नवप्रवेशी कर्मचारीलाई अनुरोध गरेका हुन् ।

    सरकारी वकिलका कार्यालयलाई बेठीक कुरालाई बेठीक हो भन्न सक्ने कर्मचारी आवश्यक भएको उनको भनाइ छ । उनले भने, ‘यो मिल्दैन सर र यो गर्न हुँदैन सर भन्न मात्रै आउनुहोस् ।’

    उनले नयाँ प्रवेशीलाई कर्तव्यनिष्ठ भएर काममा लाग्न निर्देशन दिएका छन् । गतसाता मात्रै तीन जना सरकारी वकिललाई कारवाही गरिएको भन्दै उनले सत्य र इमान्दार भएर काममा लाग्न निर्देशन दिए ।

    सरकारी वकिल नारा जुलुसलाई बेवास्ता गर्दै आफ्नो जिम्मेवारीतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।

    मुलुकी अपराधसंहिता समेतका नयाँ संहिताको कार्यान्वयनसँगै सरकारी वकिललाई थप जिम्मेवारी आएको महान्यायधिवक्ता खरेलले बताए । बढेको जिम्मेवारीलाई परिपूर्ति गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाउन विद्यमान जनशक्ति कम भएकाले जनशक्ति थप्दै जाने योजना रहेको उनले बताए ।

    आगामी तीन वर्षभित्रमा १२७ सरकारी वकिलसहित २५२ जना जनशिक्त थप्ने योजना रहेको उनले जानकारी गराए ।

    नायब महान्यायाधिवक्ता खगराज पौडेलले नवप्रवेशीसँग यस कार्यालयले धेरै अपेक्षा गरेको बताए । उनले भने, ‘कार्यालयले गरेको आस्था र विश्वास गुम्न नदिने गरी काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’

    महान्यायधिवक्ता खरेलले ‘नजीर संग्रह’ को विमोचन र तालीममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij