आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

३२ बिगाहा जग्गामा बन्दै छ ओभरी शम्शेरगंज पार्क

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नंं. ८ ओभरीमा पार्क निर्माण हुने भएको छ। राप्तीसोनारी गाँउपालिकाको बिनियोन गरेको ४० लाख रकमले पार्कको सबै संरचनाको काम भइरहेको ओभरी शम्शेरगंज पार्क निर्माण समितिका अध्यक्ष टिकाराम वलीले बताए ।

    ३२ बिगाहमा फैलिएको पार्क संचालनमा आउन केही समय लाग्नेछ । पार्कको भित्रि भागमा पक्की सडक निर्माण भइसकेको छ ।

    पार्कमा गतवर्ष मात्र विभिन्न प्रजातिका विरुवा रोपिएको छ । रक्तचन्दन, कपुर, सतीसाल, श्रीखण्ड, मलेसियन साल तथा कुरिलो, असोगन्धा, सर्पाेगन्धा लगायतका जडिबुटी रोपिएका छन् । पार्कमा भ्युटावर, स्वीमिङ्ग पुल, बोटिंग पिकनिक स्थल, बाल उद्यानलगायत आवश्यक भवन बन्ने तयारीमा रहेको छ ।

    बाँके जिल्लाकै नमूना पार्क निर्माण गर्न खोजिएको अध्यक्ष वलीले बताए । पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राप्तीसोनारी ८ ओभरीमा पार्क निर्माण गर्न लागिएको हो। हालसम्म पार्क निर्माणको कार्य ४० प्रतिशत सकिएको छ । पार्क निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

    राप्तीसोनारीमा क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन पदान गर्नेछ । अहिले पार्कको पर्खाल, शौचालय, स्वीमिङपुल लगायत भौतिक संरचना निमार्णको काम भइरहेको छ ।

    बाँकेको पूर्व पश्चिम राजमार्गमा पर्ने भएकाले पनि पार्क अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयले आशा गरेका हुन् । स्थानीय बासीले उक्त पार्कलाई अध्ययन अनुसन्धान गर्ने महत्वपूर्ण गन्तव्यवका रुपमा चिनाउन खोजेका छन् । गाउँपालिका र वडा कार्यालयको प्रयासमा उक्त योजनाको सुरुवात भएता पनि पूर्णता दिनका लागि संघीय सरकार र प्रदेश सरकारको बजेट आवश्यकता रहेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij