प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६
विप्लव नेतृत्वको नेकपाको आधार इलाका मानिने कालिकोट पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी आज पनि बम विष्फोटभएको छ । लगातार दुई विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन् ।
कालिकोटको रास्कोटमा नेकपा कार्यर्ताहरुले दुई वटा वम विष्फोट गराएका हुन् ।
मुख्यमन्त्री शाही नानीकोट कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उदघाटन गर्न जाँदै गरेको समयमा रास्कोटको कृषि क्याम्पस नजिकै बम विष्फोट गराएका हुन् ।
मुख्यमन्त्री शाहीको कार्यक्रमलाई लक्षित गरी विप्लव समूहले हिजो पनि बम विष्फोट गराएको थियो । उनीहरुले बुधबार पचाल झरना गाउँपालिकाको एक कार्यक्रममा सम्बोधनको बेला दुई वटा बम विष्फोट गराएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij