प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ परेपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले आफ्नो प्रकिृया दिएका छन । उनले रविको पक्राउको विषयमा पनि आफ्नो धारण सार्वजनिक गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।
‘अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हिरासतमा लिएको छ । यसले सत्यतथ्य छानबीन गर्न थप मद्दत गर्ने छ’, कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् । सत्यको जित होस । शुभ दिन !’
त्यस्तै कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले पनि रविलाई पक्राउ गरेपछि सत्य तथ्य पत्ता लाग्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘अनुसन्धानको लागि रबि दाइलाई प्रहरीले हिरासतमा लिएको छ आसा छ सत्य तथ्य पत्ता लाग्न थप मद्दत पुग्ने छ ।’
लामिछानेसहित पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको थियो । लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहीबारै कलंकीबाट नर्स अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीगमा अनुसन्धानका लागिहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा नियन्त्रणमा लिएको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij