प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६
पत्रकार रवि लामिछाने र युबराज कँडेललाई अनुशन्धानका लागि काठमाडौंबाट चितवन प्रहरीले लगेको यो समयसम्म पौने घण्टा भइसकेको छ । उहाँहरुलाई राती करिब १२÷०१ बजे चितवन पुर्याइनेछ । तर, हामी तमाम पत्रकार अचम्मित छौं, प्रहरीले रवि जीसंग कसैलाई भेट्न दिएको छैन । पक्राउ परेर टेकु ल्याएपछि परिवार र निकटका ब्यक्तिसंग भेट्न पाउनुपथ्र्यो ।
तर, रवि जि को श्रीमती निकिता जी, सिधा कुरा कार्यक्रमका निर्माता दिपक वोहोरा जी समेतलाई भेट्न नदिंदा हामी सबैलाई आश्चार्य बनाएको छ । हामी नेपाल प्रहरीसंग अनुरोध गर्दछौं, रवि लामिछाने र युबराज कंडेललाई कुनै प्रकारको र्दुब्यबहार नहोस । हामी चाहन्छौं, प्रहरीले कानुनी राज्यको पालना गरेर नागरिकको नैसर्गिक अधिकारलाई छेकथुन नगरोस । अनुशन्धान गर्ने काममा नेपाल प्रहरीलाई हाम्रो पुरापुर सहयोग हुनेछ ।
अर्को कुरा, चितवनमा हुने सम्पुर्ण नेपालीहरु । निष्पक्ष छानविनको माग गर्दे चितवन प्रहरी कार्यालय अगाडी भोली बिहान ११ बजे भेलाको आयोजना गरिएको हुंदा नजिक हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij