आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सफ्टवेयर जडान गरी उपभोत्ता ठगी गरेको भन्दै १९ पेट्रोल पम्पलाई कारवाही

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • रौतहट । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ।

    आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८९१ पेट्रोल पम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपभोत्ता ठगी गरेका गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए।

    कारवाहीमा परेका पेट्रोलपम्पमा बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही रु १० हजार जरिवाना तथा तीन महीना कैद सजायको दाबी गरिएको छ।

    यसैगरी खान आयल स्टोर रौतहट, बारा जिल्लाकै अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर तथा पर्साका अर्निका ट्रेडर्स बिक्रेताका सञ्चालकलाई जनही तीन वर्ष कैद र रु ३० हजार जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए।

    यसैगरी नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडाको एशियन पेन्टस् उद्योगमाथि गुणस्तर कार्यालयले मुद्दा दायर गरेको छ। त्यसैगरी किसन एग्रो केमिकल प्रालि पर्सा र जगदम्बा आयल ट्रेडर्स बारामा नापतौल कमी रहेकाले कारवाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

    यस्तै हुलास स्टिल प्रालि बारा, अपोलो फिड्स प्रालि चितवन, पञ्चरत्न फिड्स प्रालि चितवन र विनायक स्टील प्रालि चितवनले स्वीकृत क्षमता भन्दा बढीको धर्मकाटा प्रयोग गरी राजश्व छलेको भेटिएपछि एक वर्ष कैद र रु १० हजार जरिवानाकोे माग गर्दै अदालतमा मुद्दा दायर गरिएको यादवले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij