आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

    घरेलु मदिरा नष्ट

    सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट पारेको हो।

    नियन्त्रणमा लिएको घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीयवासी र वडाध्यक्षलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij