प्रकाशित मिति : सोमवार, भदौ २, २०७६
चिनीयाँ स्मार्टफोन निर्माता साओमीले नेपालमा ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। एमआई, पोको र रेड्मी। यी तीनै सिरिजका स्मार्टफोन ग्राहकले मन पराएका छन्।
सोओमीको रेड्मी सिरिजको फोन बजारमा अत्यन्तै चर्चामा। बजेट क्लासदेखि शुरु हुने र फिचर्स धेरै भएका कारण यी फोनमा आकर्षन धेरै भएको कम्पनीको विश्वास छ।
साओमीले आफ्ना ग्राहकहरूलाई २० हजारभन्दा कम मूल्यमा पनि रेड्मी सिरिजका फोन उपलब्ध गराएको छ। ती हुन्ः रेड्मी गो, रेड्मीसेभेन, रेड्मी ६ र रेड्मी नोट ५ए।
के–के छन् फिचर्स?
रेड्मी गो
यो फोनको बजार मूल्य ८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार फोनमा ५.५ इन्च एचडी डिस्प्ले, ३ हजार एमएचए ब्याट्री, ८ एमपी एलइडी फ्ल्याससहितको ब्याक क्यामरा र ५ एमपीको सेल्फी फ्रन्ट क्यामरा छ। यो फोनमा दुई ओटा सीमकार्ड लाग्ने क्षमता छ।
यो फोन कालो र निलो रंगमा उपलब्ध छ।
रेड्मी सेभेन
रेडमी ७ भने उच्च कार्यक्षमता भएको फोन हो जुन कम मूल्यमा उपलब्ध छ । यसमा क्वालकोम स्न्यापड्र्यागन ६३२ को प्रोसेसर, टिकाउ ब्याट्री रहेको छ। रेडमी ७, २ जीबी र्याम तथा १६ जीबी रोमको १४ हजार ९ सय ९९ रुपैयाँ र ३ जीबी र्याम तथा ३२ जीबी रोमको १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ।
फोनमा दुईवट सिमकार्ड राख्ने स्लट जडान गरिएको छ।
रेड्मी ६
यो फोनको बजार मूल्य १८ हजार ४ सय ९९ रहेको छ।
कम्पनीको अनुसार फोनमा ५.४ इञ्चको डिस्प्ले जडान गरिएको छ। ३ जिबी र्याम र ६४ जिबी स्टोरेज रहेको छ। १२ प्लस ५ को ब्याकमा डुअल क्यामेरा जडान गरिएको छ। ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा जडान गरिएको छ।
यो फोनमा दुई ओटा सीमकार्ड लाग्ने क्षमता छ।
रेड्मी नोट ५ए
यो फोनको बजारमूल्य १२ हजार ३ सय रहेको छ। यो रोज गोल्ड रङ्गमा उपलब्ध रहेको छ। फोनमा २ जिबी र्याम र १६ जिबी रोम रहेको छ। फोनमा क्वार्डकवार प्रोसेर जडान गरिएको छ। एनोरोइड भर्सन ७.१ अपरेटिङ सिस्टम जडान गरिउको छ।
माथि उल्लिखित फोनहरूमा कम्पनीले १ वर्षको वारेन्टी दिएको छ। यो फोनमा इडीजीइ, जिपीआरएस, वाइफाई, ब्लुटुथ सबै फिचर्स रहेको छ। फोनमा गुणस्तरीय साउण्ड क्वालिटी रहेको कम्पनीले जनाएको छ।
हरेक परिवारमा एउटा साओमी फोन पुर्याउने लक्ष्यसहित कम्पनीले आफ्ना ग्राहकलाई सबै मूल्यका फोन बजारमा ल्याएको बताएको छ।
यी फोन दराज अनलाईन स्टोरमा किन्न सकिने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij