प्रकाशित मिति : सोमवार, भदौ २, २०७६
यस विषयमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेल केही बोल्न चाहेनन् । सामान्य घटना भएको भन्दै डीआईजी पोखरेलले कुनै औपचारिक जानकारी दिन चाहेनन् ।
परासको शैलीबारे विमानस्थलमा कार्यरत प्रहरी अधिकृतलाई घटनाबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
विगतमा दर्जनौँ जघन्य अपराधमा मुछिए पनि राजपरिवारको सदस्य भएकै कारण उन्मुक्ति पाउने गरेका पारस शाह लोकतन्त्र स्थापनापछि भने प्रहरी कारवाहीमा परेका छन् ।
यसअघि, २०७५ जेठ ३० गते पारस शाहले ट्राफिक नियम उल्लंघन गरेका थिए । लतिलपुरको जावलाखेल चोकबाट ट्राफिक नियमको बेवास्ता गर्दै थापाथलीसम्म आएको पारसको बा १४प २१३१ नम्बरको गाडीलाई रोकेर ट्राफिक प्रहरीले रोकेको थियो ।
थापाथली ट्राफिकको फन्दामा परेपछि पारसले त्यहाँ पनि लफडा गरेका थिए । ट्राफिकसँग उनले पटकपटक कागजपत्र मागे पनि नपाएपछि पारस गाडी चलाएर लाइसेन्स र ब्लुबुक छाडेर माइतीघरतर्फ हुइँकिएका थिए । पछि उनले ५ सय जरिवाना तिरेका थिए ।
यस्तै २०६७ साल २५ मंसिरमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स रिसोर्टमा बंगलादेशी नागरिक रुबेल चौधरी परिवारसहित बिदा मनाउन गएका बेला पारसले हवाइफायर गरे ।
ठीक त्यही दिन पारस पनि आफ्नो परिवारका साथ बिदा मनाउन टाइगर टप्स रिसोर्ट पुगेको बेला दुई परिवारहरू बसिरहेकै वेला केही विषयलाई लिएर मनमुटाव भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको थियो ।
तत्कालै पारसले बाहिर आएर हवाईफायर गरेका हुन् । पीडित पक्षबाट पारसविरुद्ध सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भयो ।
जाहेरी दर्ता भएको ३ दिनपछि पारस पक्राउ परेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij