आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कश्मीरको तस्वीरलाई शालिकराम पुडासैनीको भन्दै कसले बनायो भाइरल ? के हो यथार्थ ?

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६



  • यतिबेला सामाजिक सञ्जालमा नुवाकोटका पत्रकार शालिकराम पुडासैनीलाई यातना दिएको भन्दै ढाडमा लाठीको डाम सहितको तस्वीर भाइरल भइरहेको छ । रवि लामिछाने समर्थन भन्ने नाउँमा खोलिएका विभिन्न फेसबुक पेज तथा ग्रुपमा तस्वीर भाइरल बनाउँदै शालिकरामलाई यातना दिएर मारिएको दावी गरिएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण सम्बन्धी अधिकांश समाचारको कमेन्टमा पनि उक्त तस्वीर राखेर पोष्ट गरिएको छ ।

    उस्तै तस्वीर एक भारतीय नागरिकले ट्विटरमा कश्मीरको घटना अपडेट भन्दै पोष्ट गरेका छन । उनले उक्त तस्वीरसँगै अन्य घाईते भएकाको समेत तस्वीर पोष्ट गरेका छन । सामाजिक सञ्जालमा शालिकरामलाई यातना दिएको भन्दै राखिएको उक्त तस्वीरबारे प्रहरीले सार्वजनिक रुपमा केही प्रतिकृया दिएको छैन । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएका छन ।

    माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।

    उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई साउन ३० गते बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले साउन ३१ गते शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij