प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर एकाएक सार्वजनिक भएको छ । बिहे भएको तीन बर्षपछि सभस्त इन्टरटेमेन्ट डटकमले छवि र शिल्पाको बिवाहको तस्बिरहरु सार्वजनिक गरेको हो ।
बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्पाको विवाहमा केही पारिवारिक सदस्य र फिल्म क्षेत्रका सिमित व्यक्तिहरुलाई देख्न सकिन्छ । बिहेमा छविको बायाँ हातमा प्लास्टर गरिएको छ । त्यतिबेला छविको हात भाँचिएको बताइन्छ । छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij