आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमा क्षेत्रमा पाकिस्तानले तैनाथ गर्यो कमाण्डो

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • इस्लामावाद (एजेन्सी) । भारतसँग तनाव बढिरहेका बेला पाकिस्तानले सीमा क्षेत्रमा कमाण्डो तैनाथ गरेको छ । भारतीय सञ्चार माध्यमहरुले भारतको गुजरातसँग सीमा जोडिएको क्षेत्रमा पाकिस्तानले शक्तिशाली एसएसजी कमाण्डो तैनाथ गरेको जनाएका छन्।

    यद्यपी यो विषयमा पाकिस्तानले केही जानकारी दिएको छैन। गुजरातको सरक्रित क्षेत्रमा पाकिस्तानले कमाणडो तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरुको दावी छ।

    भारतले जम्मू कश्मीरको विषेशाधिकार खोसेपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ। कश्मीरको लाइन अफ कन्ट्रोलमा दुबै देशका सेनाहरुबीच गोली चलेका घटनाहरु दिनहुँ आइरहेका छन्। बुधबार कश्मीरमा एक भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यहीबीचमा गुजरातमा पनि पाकिस्तानले कमाण्डो तैनाथ गरेको हो।

    उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सम्बन्ध विष्फोटक रहेको भनी चेतावनी दिएका थिए। उनले दुई देशका प्रधानमन्त्रीसँग फोनमा कुरा गरेर संयमता अपनाउन भनेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij