आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोटरसाइकल चोरीको अभियोगमा ८ जनाविरुद्ध मुद्दा

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • कञ्चनपुर, भदौ ५ । कञ्चनपुरमा चोरीका सवारीसाधनको कारोबार बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ ।

    चालु आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाका विभिन्न भागमा मोटरसाइकल चोरीको अभियोगमा ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

    प्रहरीका अनुसार तीन जना अझै फरार छन् ।

    आर्थिक वर्ष २०७५/७६ मा मोटरसाइकल चोरीमा संलग्न ३१ जना पक्राउ परेका थिए । चोरी गरिएका मोटरसाइकललाई तस्करहरुले ग्रामीण क्षेत्र तथा भारतमा पु¥यााउने गरेको बताइएको छ ।

    चालु आर्थिक वर्षमा १३ वटा चोरीका मोटरसाइकल बरामद गरि गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको छ भने गत आर्थिक वर्षमा चोरीका १९० वटा मोटरसाइकल भन्सारमा बुझाइएको थियो ।

    प्रहरीले चोरीका सवारीसाधन नियन्त्रणमा लिने गरे पनि गिरोहसम्म पुग्न नसक्दा कञ्चनपुरमा चोरीका सवारीसाधनको कारोबार बढ्दै गएकोे हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij