आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकारको पुनर्वहालीको माग गर्दै दुवै हातमा कालो पट्टिले बाँधेर बिरोध, आन्दोलन जारी

  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६



  • डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकर्मीलाई बिना कारण सेवाबाट हटाएको विरोधमा शनिवार पनि धर्ना कार्यक्रम जारी रहेको छ।

    नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाइमा पुर्नबहलीको माग गर्दै रेडियो प्रदेश प्रशारण केन्द्र अगाडि धर्ना गरिएको छ। तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट आन्दोलन शुरु भएको हो। शनिबार दुबै हात कालो पट्टिले बाँधेर बिरोध गरिएको छ।

    त्यस्तै बिहीबार मुखमा कालोपट्टि बाँधेर र शुक्रबार टाउकोमा कालोपट्टि बाँधेर पहिलो चरणको विरोध कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए।

    प्रदेश प्रशारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो।

    यसको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ। तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो।

    भदौ एक गतेदेखि लागू हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ। राष्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला संग्रौला पन्त र अतहर कमल मुसलमानले पुनर्वहालीको माग गरेका हुन्।

    नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समिति लगायतका संघ संगठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन्।

    त्यसैगरी शनिबार नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा बसेका बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ। वैठकले भाद्र ८ गते रेडियोको गेटमा सञ्चार सामग्री प्रदर्शन गर्ने, ९ गते संचारकर्मी निस्कासन गरेको विषयमा धर्ना स्थलबाट बहस तथा विभिन्न संचार माध्यमवाट प्रत्यक्ष प्रसारण गर्ने र १० गते धर्ना स्थलबाट रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई पुनर्बाहलीका लागि दवाब स्वरुप एसएमएस गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेश मौनीले बताए।

    यसै क्रममा विभिन्न सुभेच्छुक संगठनले ऐक्यवद्धता तथा पूनर्वहालीको माग गर्दै विज्ञप्ति निकाल्ने क्रम जारी रहेको छ। यसैगरी नेपाल प्रेस युनियन सुदूरपश्चिमका सम्पूर्ण शाखाले आइतबार जिल्ला प्रशासन मार्फत नेपाल सरकार र संचार तथा सूचना प्रविधि मन्त्रीलाई पूनर्वहालीको माग गर्दै ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको नेपाल प्रेस युनियन सुदूरपश्चिम संयोजक लाल बहादुर ऐरी जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij