प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६
काठमाडौं। पत्रकार शालिकराम आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनमा सुनुवाई चलिरहेका बेला तनाव बढ्ने देखेपछि स्थानीय प्रशासनले सोमबार बिहान ६ बजेदेखि अनिश्चितकालीन निशेधाज्ञ जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश जारी नभएसम्मका लागि निशेधाज्ञ जारी गरेका हुन्। शालिकाराम प्रकरणमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलायत तीनजनाविरुद्ध न्यायिक अभियोजन चलिरहेका बेला उनको रिहाई माग गर्दै हुलहुज्जत भएको भन्दै सोमबार बिहान ६ बजेदेखि ५ जनाभन्दा जम्मा हुन नपाउने गरी भरतपुरमा निशेधाज्ञ जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यक्रम प्रस्तोता लामिछाने निर्दोश रहेको र उनलाई फसाउने षडयन्त्र भएको भन्दै उनी पक्राउ परेदेखि नै चितवनमा प्रदर्शनहरु भइरहेका छन्।
आइतबार जिल्ला सरकारी वकीलको कार्यालयले लामिछानेलगायत तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा हदैसम्मको सजाय माग दावी गर्दै जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको छ। मुद्दाको पहिलो सुनुवाई आइतबारै शुरु भएको छ।
आइतबार अभियुक्त मध्ये एकजनामात्र अस्मिता कार्कीको बयान सकिएको छ। बाँकी दुईजनाको बयान सोमबार हुनेछ । उनीहरु तीनैजना हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । पत्रकार पुडासैनीले लामिछाने, युवराज कँडेल र युवति कार्कीकै कारण आफुले आत्महत्या गर्नुपरेको भिडियो रेकर्डिंगमा उल्लेख गरेका थिए।
![]()
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij