प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६
काठमाडौं। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका रवि लामिछानेका समर्थक र प्रहरीबीच आइतबार साँझ झडप भएको छ। आइतबार लामिछानेको बयान नसकिएपछि उनका समर्थकले आइतबार साँझ प्रहरीमाथि बोतल प्रहार गरेका थिए। भीडबाट बोतल प्रहार भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको चितवन प्रहरीले जनाएको छ।
झडपमा भएको क्षतिबारे भने केही बताइएको छैन । हजारौं मानिसहरु लामिछानेको समर्थनमा चितवनमा छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। आइतबार लामिछानेलाई हिरासतमा राख्ने दोस्रो पटकको अनुमति सकिएपछि जिल्ला सरकारी वकीलको कार्यालयमाफर्त उनीसहित युवराज कँडेल र युवती अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साह अभियोगमा हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij