आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युवतीसँग अभद्र व्यवहार वडाध्यक्ष भण्डारीद्वारा आत्मसमर्पण

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६



  • दमौली । आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

    भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भण्डारीले सोमबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

    प्रहरीले भण्डारीलाई सोमबार दिउँसो कार्यालय समयसम्म उपस्थित नभए पक्राउ गर्ने सन्देश पठाएपछि भण्डारीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

    प्रहरी उपरीक्षक सिलवालका अनुसार भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij