आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाईको हत्या गर्नेलाई प्रतिवेदनका आधारमा कारवाही हुन्छ : मन्त्री राई

  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६



  • शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो ।

    “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पु¥याएको भए यस्तो दुखःद अवस्था शायद आउने थिएन”, मन्त्री राईले भन्नुभयो ।

    एक प्रश्नको जवाफमा उहाँले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकाले सो समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाइने बताउनुभयो । नेपालगन्ज निवासी मन्त्री राईले नेपालगन्जको विकासमा आपूmले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको बताउँदै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन दिएको छैन भन्नुभयो ।

    नेपालगन्जस्थित भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्कको, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आप्mनो मन्त्रालयबाट काम भइरहेको उहाँले बताउनुभयो । अर्को एक प्रश्नको जवाफमा मन्त्री राईले भन्नुभयो, “म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हूँ, कसैले धर्म र जातिका आधारमा मलाई विवादमा ल्याउन खोज्छ भने त्यस्ता पक्षसँग सबै सावधान हुनुपर्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij