प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६
सिंहदरबार अगाडि बनेको ११ तले अग्लो घर गृह मन्त्रालयले अधिग्रहण गर्ने भएको छ ।
११ तले उक्त व्यापारिक भवनले सुरक्षामा चुनौती उत्पन्न गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उजुरी पुगेपछि घर अधिग्रहण गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।
देशकै प्रमुख प्रशासनिक केन्द्र अगाडि बनेको उक्त भवनले शान्ति सुरक्षामा पार्ने असरका सम्बन्धमा अध्ययन समिति गठन भएको थियो ।
उक्त समितिले दिएको सुझाव अनुसार गृह मन्त्रालयले आइतबार अधिग्रहण गर्ने निर्णय गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij