प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६
समुद्रको आनन्द लिन यहाँबाट मानिसको विदेश भ्रमणमा जाने क्रम बढ्दो छ। ट्राभल्स एजेन्सीहरूको लोभ्याउने विभिन्न भ्रमण प्याकेज छन्।
समुद्रमा नुहाउन र त्यसमा छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै आएका छन्। मनोरञ्जनको नाममा देशबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिँदैछ।
भैरहवाको बोधी रेडसन होटल परिसरमा निर्मित रेडसन वाटर फन पार्कमा पर्यटन उद्यमी प्रमोदकुमार यादवले समुद्रको झल्को दिने गरी कृत्रिम समुद्र तयार गरेका छन्।
शनिबारबाट सञ्चालनमा आएको फनपार्कमा समुद्रमा नुहाउनेदेखि त्यसको छलाङको आनन्दसम्म लिन सकिन्छ। जसका लागि ‘वेभ पुल’ तयार गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij