प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६
बाजुरा, २२ भदाै। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा १ रुपैयाँमा ३ दाना स्याउ दिए पनि बिक्रि नभएपछि बस्तुभाउलाई कुँडो बनाएर खुवाउने गरिएको छ ।
स्थानीय महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर गइरहेको उनले बताए ।
गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन् । दानाकै हिसाबले बेच्छु ।’
लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन । बजार निकै टाढा छ । भरियालाई बोकाएर पुर्याउन सकिँदैन ।’
गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ । कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij