प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताएका छन्।
अर्थमन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तराष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यम विकास गर्न पनि सरकारले सर्वसाधारण नागरिकलाई समेत उद्यम क्षेत्रमा सहभागी गराउन सक्दो पहल गरिरहेको पनि बताए।
अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिनमाथिको स्वामित्व स्थापित गराउन कानून बनाउने कामलाई पनि तीव्रता दिइएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij