आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपनमा एक महिलाको हातमुख बाँधेको अवस्थामा शव फेला, २ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, अशोज १, २०७६



  • काठमाडौं । कपनमा एक महिलाको संकास्पद अवस्थामा शव फेला परेको छ।

    कपन चोकको किराना तथा मदिरा पसलमा हात मुख बाँधेको अवस्थामा साविकको वाणगंगा गाविसकी ५६ वर्षीया कमला केसीको शव फेला परेको महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ।

    बौद्धका प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहका अनुसार घटना हिजो राती भएको र बुधबार विहान मात्रै प्रहरीलाई जानकारी भएको थियो।

    घटना हत्या भएको आशंका गर्दै प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा संकास्पद अवस्थामा २८/२९ वर्षका २ जना युवक/युवती पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सिंहले जनाए।

    उनले अनुसन्धानको क्रममा भएकोले उनीहरुको नाम नखुलाएको जानकारी दिएका छन्। ‘पक्राउ परेका २ जना कहिलेकाँही मृतक केसीसंग बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’ उनले भने।

    डिएसपी सिंहले डिसी नेपाललाई दिएको जानकारी अनुसार मृतक महिला कपनमा चिया पसल चलाउँथिन्, त्यहीँ पसलमा मदिरा व्यापार पनि गर्थिन्। पसलसँगै जोडिएको कोठाको खाटमा उनको शव फेला परेको थियाे।

    डिएसपी सिंहले भने, ‘मृतक महिलाको सुरुको श्रीमानले छोडेपछि अर्कैसंग विहे गरेर कपनमा बस्दै आएको अनुसन्धानमा खुलेको छ। पसलमा भने उनी मात्रै एक्लै बस्दै आएकी थिइन्।’

    मृतक महिलाको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij