आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हुम्लामा सञ्चार सेवा अवरुद्ध

  • प्रकाशित मिति : शनिबार, अशोज ४, २०७६



  • सिमिकोट। गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमिकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन गरेर सदरमुकाम आसपासलाई सञ्चारमा जोडे पनि तीन दिनदेखि जेनेरेटर बिग्रँदा यहाँका स्थानीय सञ्चारविच्छेद हुन पुगेका छन् ।

    भदौ २० गतेदेखि पेन स्टक पाई र नहर मर्मतका लागि भन्दै करीब २० दिनका लागि विद्युत् बन्द हुँदा पावर नपुगेर जेनेरेटरबाट सेवाग्राहीलाई सञ्चारमा जोडे पनि सदरमुकामसहित आसपासका क्षेत्र सञ्चार विच्छेद हुन पुगेका छन् । जिल्लामा नमस्ते, इस्काई ल्यान्डलाइनले काम नगर्दा सेवाग्राही भने मर्कामा परेका छन् ।

    विद्युत् पावरका कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सेवा सञ्चालन गरिएको भए पनि सेवाग्राहीलाई सञ्चारमा जोड्न कुनै विकल्प नभएको नेपाल टेलिकम शाखा जुम्लाका निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिए ।

    टेलिकमको सेवा बन्द हुँदा जिल्लामा रहेका वल्र्ड लिङ्क र एनसेलको सेवा पनि प्रभावित बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटमा एनसेलको एउटा मात्रै टावर रहे पनि क्षमताभन्दा बढी सेवाग्राहीले एनसेलको सिम कार्ड प्रयोग गर्दा फोनले काम नगरेको हो । नेपाल टेलिकम शाखा कार्यालय सिमकोटमा लाखौँ मूल्यका सोलार प्यानल भए पनि मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छन् ।

    पावर हाउसमा रहेका १२ वटा पेन स्टक पाइप ओसार्न ढिलाइ हुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । आज मात्रै बाँकी रहेका १२ वटा पेन स्टक पाइप ओसार्न तीनवटै सुरक्षा निकायका अङ्ग प्रजिअ विनिता भट्टराईको नेतृत्वमा हेल्दुममा गएका सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए ।

    हेल्दुम विरतण केन्द्रले वितरण गर्दै आएको विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प हुनाका साथै सदरमुकाममा सञ्चालित इलेक्ट्रोनिक पसल, कम्प्युटर इन्स्टिच्युटलाई समेत घाटा भएको अलिश्मा इन्स्टिच्युटका सञ्चालक प्रेम बोहराले जानकारी दिए । विद्युत् अवरुद्धसँगै जिल्लामा टेलिफोन, इन्टरनेट नहुँदा इमेल, फ्याक्स गर्न नसकिएको उहाँले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij