आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफूँलाई यौन दुव्र्यवहार गरेको आरोप लगाउने महिलाको कोठामा गएको सभामुखद्वारा स्वीकार !

  • प्रकाशित मिति : मङ्लबार, अशोज १४, २०७६



  • काठमाडौँ। सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी महिलाको कोठामा गएको स्वीकार गरेका छन्।

    संसद् सचिवालयकी एक महिला कर्मचारीले आइतबार सभामुख महराले आफूँमाथि यौन दुरव्यवहार गरेको आरोप लगाएकी थिइन् । सभामुख महराको सचिवालयले उक्त आरोपको खण्डन गरेको थियो।

    सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले उक्त आरोपको खण्डन गरेका थिए। तर सभामुख महराले नेपालन्युज डटकमसँग कुराकानी गर्दै आफूँ ती महिलाको कोठामा गएको र उनीसँगै बसेर रक्सी खाएको स्वीकार गरेका छन्।

    सभामुख महराको सचिवालयले जारी गरेको विज्ञप्तिमा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजे निवासमा फर्किएको बाहेक त्यसपछि अन्यत्र कहीँ नगएको उल्लेख छ।

    तर सभामुख महराले आफूँ महिलाको निवासमा गएपनि बाहिर आएजस्तो घटना भने नभएको बताएका छन्।

    ‘यो अनर्गल प्रचार हो, फेक न्युज हो, कर्मचारी समायोजनको रिस म माथि पोखिएको हो, सिंहदरबारमा समायोजनको कुनै दरबन्दी छैन। सामान्य प्रसाशन मन्त्रालयले समायोजन गर्यो। यहाँ स्वास्थ्यको दरबन्दी छैन। त्यँहा उहाँहरुको विमति रह्यो। त्यसैले उहाँहरुले के के के के गर्नुभएछ । तर सभामु्ख महराले नेपालन्युज डटकम सँग आफूँलाई आरोप लगाउने महिलासँग पुरानो चिनजान भएको र आउजाउ हुने गरेको कुरा स्वीकार गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij