प्रकाशित मिति : मङ्लबार, अशोज १४, २०७६
चितवन। पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दुईजना फरार रहेका छन्।
इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन्। उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो।
सोही क्रममा फरार रहेका दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भइरहेको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij