आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२२ जना ‘फ्री तिब्बत’ समर्थक पक्राउ, गुम्बाको वरिपरी प्रहरी तैनाथ

  • प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६



  • काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंले फ्री तिब्बत समर्थकको आशंकामा २२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको छ । प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ । उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ भने फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ । यद्यपि पक्राउ परेकाहरुले प्रदर्शनको तयारीबारे भने केही बताएका छैनन् ।

    गुम्बा वरिपरि निगरानी बढ्यो
    यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरी तैनाथी बढेको छ । फ्रि तिब्बतको प्रदर्शन हुन सक्ने भन्दै ती गुम्बाहरुमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले वौद्धक्षेत्रमा सबैभन्दा बढी सुरक्षा सतर्कता अपनाएको छ । तिब्बती शरणार्थीको क्याम्पसमेत भएकाले वौद्धक्षेत्रमा प्रदर्शन हुनसक्नेतर्फ सचेत हुँदै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको प्रहरीले जनाएको छ । त्यसैगरी वौद्धक्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ भने अपरान्ह ती क्षेत्रहरुमा हिँडडुल गर्नसमेत नदिने गरी प्रहरीले सुरक्षाको प्रबन्ध मिलाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij