प्रकाशित मिति : बुधबार, अशोज २९, २०७६
काठमाडौं । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला परेको हो।
यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायले बोकेको झोला जाँच गर्दा १० लाखसहित विभिन्न बैंकको चेकबुकसहित सोमबार साँझ पक्राउ गरेको छ।
दुवै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij