आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १, २०७६



  • एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएका छन्। उनी आफ्नो नियमित चेकजाँचका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो।

    चेकजाँच पछि उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने बताइएको छ। अमिताभलाई कलेजोको समस्या रहेको छ। त्यसैले उनी नियमित अस्पतालमा जाँच गराइरहन्छन्। सन् १९८२ मा फिल्म ‘कुली’को शुटिंगमा उनलाई चोट लागेको थियो । उक्त चोटको कारण उनको निकै रगत बगेको थियो। अमिताभलाई डाक्टरले समेत ‘क्लीनिकली मृत’ घोषित गरिदिएका थिए।

    उक्त दुर्घटना पछि अमिताभलाई २ सय डोनर्सको सहयोगबाट ६० बोतल रगत चढाउन परेको थियो। उक्त समय उनलाई एक अर्को रोगले समात्यो। एक अन्तर्वार्तामा उनले भने ‘दुर्घटनाको बेला जुन डोनर्सको रगत मलाई चढाइएको थियो, ति मध्ये एकलाई हेपटाइटिस बी थियो। जुन मेरो शरिरमा प्रवेश गर्यो। सन् २००० सम्म थिए, तर पछि एक सामान्य मेडिकल जाँचमा मेरो कलेजो खराब भएको थाहा भयो।’

    अमिताभ मात्र २५ प्रतिशत कलेजोको सहाराले बाँचेका छन्। हेपटाइटिस बीको कारण उनको ७५ प्रतिशत कलेजो खराब भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij