आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चाड नेपाली, मसला विदेशी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ८, २०७६



  • हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाड तिहार भोलि (कात्तिक ९ बाट) शुरु हुँदैछ । बजारमा तिहारका लागि सामान किन्नेहरुको भीड उत्तिकै बढेको छ । विशेषगरी भाइटीकामा प्रयोग हुने मसलाको माग यतिबेला बढी हुन्छ । माग बढेकै कारण व्यवसायीहरूले महँगो मूल्यमा तिहारको मसला बेचिरहेका छन् । पसल नै पिच्छे आ–आफ्नै खालका मूल्य निर्धारण भएको पाइन्छ ।

    एउटै मसलामा गत वर्षको तुलनामा प्रतिकेजी २ हजार ५ सय रुपैयाँसम्मले बढेको छ । यद्यपि, एक÷दुई आइटम बाहेक अन्य मसलामा खासै मूल्य नबढेको खुद्रा ब्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

    गत वर्ष ३ हजार रुपैयाँ प्रतिकेजीमा पाइने सुकुमेल अहिले बढेर ५ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । यता मखना पनि केजीमा २ सय रुपैयाँसम्मले बढेको छ । गत वर्ष एक हजार ५० रुपैयाँ प्रतिकेजीमा पाइने मखना १ हजार २ सय ५० रुपैयाँसम्म पुगेको छ ।

    ल्वाङमा पनि मूल्य बढेको छ । यो आइटम केजीमा २ सय रुपैयाँसम्मले बढेर १ हजार ८ सय रुपैयाँसम्म पुगेको छ । सुपारी केजीको ६ देखि सात सय रुपैयाँसम्ममा पाइन्छ । अन्जिर २ हजार सम्म, दालचिनी ५ सय २० रुपैयाँसम्म, मिश्री १ सय ८० रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म, अलैँची १५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

    यता, काजु किसमिसमा भने मूल्य धेरै बढेको छैन । काजु १५ देखि १७ सय रुपैयाँ प्रतिकेजीमा पाइन्छ । किसिमिस ५ सयदेखि ६ सय ५० रुपैयाँ प्रतिकेजीसम्ममा बजारमा उपलब्ध रहेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पेस्ता र नरिवलको मूल्य भने घटेको छ । पहिले २ हजार रुपैयाँ प्रतिकेजी पर्ने पेस्ता अहिले १ हजार सातसय सम्ममा बिक्रि भइरहेको छ ।

    नरिवलमा पनि मूल्य थोरै घटेको छ । ५ सय रुपैयाँसम्ममा पाइने नरिवल अहिले ४८० सम्ममा पाइन्छ । बदाम प्रतिकेजी १ हजार ३ सय देखि १ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ । छोकडा २ सय देखि २ सय ५० को आसपासमा छ ।

    खुद्रा ब्यापार संघका अध्यक्ष श्रेष्ठ सुकुमेल र मखनाको मूल्य बढ्नुमा उत्पादन कम अथवा आयात नै कम भएको कारण हुनसक्ने बताउँछन् ।

    यद्यपि, खुद्रा व्यापार संघले भनेकोभन्दा फरक मूल्यमा पनि बजारमा मसला बिक्रि भइरहेको छ । यसलाई श्रेष्ठ खुला प्रतिस्पर्धी बजारमा २/४ रुपैयाँ फरक पर्नु स्वाभाविक मान्छन् ।

    डेढ अर्बको मसला आयात

    हिन्दु धर्मावलम्बीहरु धुमधामका साथ तिहार मनाउँछन् । दशैं, तिहारजस्ता चाड नेपालको मौलिक पर्व भनिए पनि यी पर्व मनाउनका लागि आवश्यक सामानमा भने हामी परनिर्भर हुनु परिरहेको छ ।

    तिहारमा अत्यधिक माग हुने भाइमसला धेरैजसो भारतबाट आयात हुन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बराबरको भाइमसला आयात भएको जनाएको छ ।

    गत आर्थिक वर्षमा (एक वर्षमा) ४ अर्बको भाइमसला आयात भएको थियो । नेपाल खुद्रा व्यापार संघका अनुसार तिहारको बेलामा भाइ मसलाको कारोबार उच्च हुन्छ । विवाहको मौसममा पनि मसलाको माग हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij