आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल इन्जिनियरिंग कलेजका संस्थापक प्रिन्सिपल दीपक भट्टराईको निधन

  • प्रकाशित मिति : सोमवार, कार्तिक ११, २०७६



  • काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिंग कलेजका संस्थापक प्रिन्सिपल डा. दीपक भट्टराईको निधन भएको छ। भट्टराईको ६८ वर्षको उमेरमा महाराजगञ्जस्थित उनकै निवासमा निधन भएको हो।

    उनी ३२ महिनायता फोक्सोको क्यान्सरबाट पीडित थिए। उनी नेपालमा निजी क्षेत्रबाट इन्जिनियरिंग कलेज सफल सञ्चालन गर्ने व्यक्ति समेत थिए। सोमबार बिहान पौने ९ बजे उनको निधन भएको कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले जानकारी दिए।

    उनले वि.सं. २०५१ सालमा उक्त कलेज स्थापना गरेका थिए। उनी उक्त कलेजमा १७ वर्ष लगातार प्रिन्सिपल भएका थिए। उक्त कलेजमा २ हजार १ सय ५० जना विद्यार्थी पढ्छन् भने कलेजले सयौँ इन्जिनियर उत्पादन गरिसकेको छ।

    भारतको राउल कोली इन्जिनियरिंग कलेजबाट बीई गरेका उनले बेलायतबाट कन्स्ट्रक्सन मेनेजमेन्टमा स्नातकोत्तर गरेका थिए। उनले पुल्चोक इन्जिनियरिंगमा समेत अध्यापन गरेका उनले भैरहवा लुम्बिनी सडकमा काम गरेका थिए। त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिंग कलेज पोखरामा स्थापनाकालमा नेतृत्व गरेका थिए।

    उनी अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज स्थापनाको लागि समेत नेतृत्वदायी भूमिका निभाएका थिए। उनलाई पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न खोजे पनि भट्टले मानेनन्।

    सिन्धुलीको झांगाझोली रातमाटामा जन्मिएका भट्टको श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्। भट्टले नेपाली इन्जिनियरिंग क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

    मृतक भट्टराईको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij