आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङको बङ्गलाचुलीमा १५ शैयाको अस्पताल सञ्चालन

  • प्रकाशित मिति : शनिबार, कार्तिक १६, २०७६



  • तुलसीपुर । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ। सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो।

    अस्पतालको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको स्वास्थ्य जाँच गरेर मेडिकल अधिकृत वसन्त शाहले सेवा शुरु गरेका थिए। गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजना अघि सारेको हो।

    गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट डाक्टर, स्वास्थ्य कर्मचारी करारमा राखेको छ।

    अपुग कर्मचारी काभ्रे स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई परिचालन गर्ने अध्यक्ष वलीले जानकारी दिए। कार्यक्रममा प्रदेशसभा सदस्य डाँगीले जनताको आवश्यकताअनुसार सरकारले काम गरिरहेको बताए।

    ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा दिनका लागि अहिले सरकारले यो अवधारणालाई अघि बढाएको समेत उनको भनाइ थियो। दाङको घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ।

    तीबाहेक दाङका अन्य स्थानीय तहले भने १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएका छैनन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij