आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गण्डकीको नवलपुरमा रक्त सञ्चार केन्द्र स्थापना

  • प्रकाशित मिति : सोमवार, कार्तिक १८, २०७६



  • नवलपरासी । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामानै पहिलोपटक उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो।

    ‘हिल्फे बेलिङ्ग्रिस इ भि जर्मनी’को रु ४६ लाखको सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताए ।

    २०० पोका रगत सङ्कलन गर्न सकिने गरी ‘डि’ समूहको रक्त सञ्चार केन्द्र स्थापना गरिएको सभापति न्यौपानेले बताए ।

    रक्त सञ्चार केन्द्र सञ्चालन गर्न तत्कालका लागि प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले गर्ने छ ।

    केही समयपछि स्थानीय स्तरबाटनै प्राविधिक उत्पादन गर्ने गरी तालीम प्रदान गरिने सभापति न्यौपानेले बताए ।

    रक्त सञ्चार स्थापना भएसँगै नवलपरासीपूर्व नवलपुरमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने भएको छ।

    नवलपुरमा दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने छ।

    जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भए पनि यहाँ रहेका अस्पतालमा सङ्कलित रगत खपत हुने अवस्था नरहेकाले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरमार्फत चितवनमा रगत पठाइने उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij