आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय मिडियामा चीन र भारतलाई जोड्ने भनिएका नेपाली सडक कोरिडरका चर्चा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १९, २०७६



  • काठमाडौँ । नेपालका तीन सडक कोरिडोरहरु चीन, भारत र नेपालबीचको सम्बन्ध सेतुको बन्न सक्ने बताइएको छ ।

    बीबीसी हिन्दीको अनलाइन संस्करणमा नेपालका ती कोरिडोर चीन र भारतलाई सम्पर्क गराउने विकल्प हुनसक्ने उल्लेख गरिएको छ ।
    समाचारमा नेपालका तीन सडक कोरिडोरहरुबारे निम्न कुरा गरिएको छः

    चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएको समयमा चीन र नेपालबीच कयैन सम्झौताहरु भए । सीको भ्रमणपछि चीन र नेपालबीच पुलको काम गर्ने मानिएका नेपालका तीन सडक कोरिडोरको चर्चा पुनः सुरु भएको छ ।

    सीको भ्रमणको बेला नेपालको विदेश मन्त्रालयले जारी गरेको एक संयुक्त वक्तव्यमा चीनले कोसी, गण्डकी र कर्णाली कोरिडोरको निर्माणमा प्रतिबद्धता जनाएको उल्लेख छ ।

    नेपालले तीन सडक कोरिडोरमध्ये अहिले कालिगण्डकी कोरिडोरमा ध्यान लगाइरहेको छ । तर नेपालद्वारा जारी संयुक्त वक्तव्यपछि चीन र भारतलाई जोड्ने अन्य सडक कोरिडोर निर्माणमा पनि चीनले आर्थिक सहयोग गर्ने आशा गरिएको छ ।

    बीआरआईका माध्यमले चीन सम्पूर्ण हिमालय क्षेत्रमा बन्दरगाह, सडक, रेलवे र विमानस्थल निर्माण गर्न चाहिरहेको छ ।

    कस्तो छ कोरिडोरको वर्तमान अवस्था
    नेपालले पहिले नै बीआरआई परियोजनाको लागि हस्ताक्षर गरिसकेको छ । अधिकारीको भनाइमा यो योजनामा तीन सडक कोरिडोर सामेल हुनेछ ।

    कोसी, कालिगण्डकी र कर्णाली कोरिडोरका कयैन सडकलाई राम्रो बनाउने काम जारी छ ।

    त्यस्तै केही स्थानमा सहायक सडकहरुको संजालको विस्तार गर्ने लक्ष्य पनि छ । नेपाल सरकारको ती सकडहरु दुई लेनमा विस्तार गर्न चाहन्छ ।

    कोसी कोरिडोरः

    कोसी कोरिडोरको लम्बाई ३४० किमी छ । यसले नेपाल–भारतको सिमाना मोरङको जोगबनी हुँदै दमक, धनकुटा, तेह्रथुम, खाँदवारी, सङ्खुवासभाको सदरमुकामदेखि नेपाल–चीन सिमाना किमाथान्कालाई जोड्छ ।
    सडक विभाग अन्तर्गतको उत्तर–दक्षिण व्यापार मार्ग विस्तार निर्देशनालयका प्रमुख शिव नेपालको भनाइमा सडक १४ किमी भाग अझै खोल्न बाँकी छ ।

    उनका अनुसार यो क्षेत्र चट्टानी भएकाले नेपाली सेनालाई ट्रयाक खोल्ने जिम्मा दिइएको छ ।

    उनका अनुसार यो इलाका चट्टानी छ जसको कारणले नेपाली सेनालाई ट्रयाकको जिम्मेवारी दिने फैसला गरिएको छ ।

    यसका साथै सडकलाई अन्य क्षेत्रमा चौडा बनाउन पनि आवश्यक छ ।

    कालिगण्डकी कोरिडोरः

    कालिगण्डकी कोरिडोरको लम्बाई ४३५ किमी छ । यो भारतीय सीमा क्षेत्रमा रहको नवलपरासी हुँदै चीनको उत्तरी इलाका कोरलासँग पुग्छ ।

    कालिगण्डकी कोरिडोरको राम्दी–रीरी खण्डको नजिक चट्टानी क्षेत्रमा ट्रयाकलाई अझै खोल्न बाँकी छ ।

    अधिकारीहरुको भनाइमा अन्य क्षेत्रमा सडकलाई चौडा गरिँदैछ ।

    कर्णाली कोरिडोर

    भारत र चीनलाई जोड्ने तीन कोरिडोरमा यो सबैभन्दा लामो कोरिडोर हो । यो कोरिडोर बनेपछि सडकको लम्बाई ६८२ किमी हुनेछ ।

    राज्य सरकारको लागि सडकको २२ किमीको ट्रयाक खोल्न प्राथमिकता छ । केही हिस्सामा नेपाली सेनाले बाँकी ट्रयाक खोल्ने काम गरिरहेको बताइन्छ, जबकि केही हिस्सा सडक विभागले स्वयम् काम गरिरहेको छ ।

    आयोजनाका कठिनाइ
    शिव नेपालको भनाइमा अहिले यी तिनै सडक कोरिडोरको निर्माणको काम तीव्रताका साथ चलिरहेको छ ।

    यही आर्थिक वर्षको अन्त्यसम्म तीन सडक संजाल खोलिने उनले बताए ।

    नेपालको माध्यमबाट भारत र चीनलाई जोड्ने यी तीन सकड संजालको उपयोग व्यापार मार्गको रुपमा गर्न सकिन्छ । यो सडक संजाललाई नेपालमा राष्ट्रिय गौरवको आयोजना मानिएको छ ।

    परियोजना प्रमुख नेपालका अनुसार यी परियोजनाले कयैन कठिनाइको सामना गर्नुप-यो ।

    ‘पहिलो त सकड निर्माण कार्य उच्च पर्वतीय क्षेत्रमा भइरहेकाले श्रमिकलाई टिकाइराख्न चुनौतीपूर्ण छ ,’ नेपालले भने ।

    त्यस्तै अघिल्लो वर्षसम्म विस्फोटक पदार्थको कमीको कारणले समस्या भोग्नु परेको थियो । अहिले उक्त समस्या हल भएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij