प्रकाशित मिति : मङ्लबार, कार्तिक १९, २०७६
राजापुर। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो।
निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए।
थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए। हात्ती लिएर जङ्गल पसेका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो। निकुञ्जको हात्तीसहितको टोलीले हल्ला खल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij