प्रकाशित मिति : बुधबार, कार्तिक २०, २०७६
काठमाडौं । नेपाल-भारत बिच पटक पटक उठने गरेको सिमा बिवाद भारतसरकारले सार्बजनिक गरेको नयाँ राजनीतिक नक्सा संगै नेपाल–भारतबिच रहेको सीमा बिवाद फेरि बहसको बिषय बनेको छ।
शनिवार भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाल, भारत र चीनको त्रिदेशिय विन्दुमा रहेको दार्चुला स्थित कालापानी क्षेत्रलाई भारतीय भू-भागमा पर्ने गरि समावेश गरेपछि यस विषयमा बहस सुरु भएको हो । भारत सरकारले नयाँ नक्सा जारी गरेको तिनदिन बितिसक्दा पनि नेपाल सरकारले यस विषयमा आफ्नो धारणा सार्बजनिक गर्न सकेको छैन ।
सीमा जस्तो संबेदनसील विषयमा सरकार मौन बस्नु कति उपर्युक्त हुनेछ, भन्ने बिषय भविष्यमा मुल्याकंनको बिषय बन्ला तर सरकारले आफ्नो मुलुकको सिमा सम्वन्धि विषयलाई आफ्नो छिमेकि मुलुक संग कुटनीतिक रुपमा स्पष्ट संग राख्न सक्नु पर्दछ ।
नेपाल र भारत बिचको दशगजा,सुस्ता र कालापानीको सिमा बिवाद पटक पटक निस्कने गरेको छ। यो बिषय असल छिमेकि मुलुकको हैसियतले दुबै देशका बिच कुटनीतिक तहमा छलफल भई यस बिषयको बिवाद अन्त्य गराऊन सरकारको अबिलम्व प्रयास हुन जरुरी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij