आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली–दाहाल गोप्य वार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

  • प्रकाशित मिति : सोमवार, कार्तिक २५, २०७६



  • काठमाडौं। प्रधानन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफ्नो निजी सचिवालयका सदस्यहरुलाई राजीनामा दिन लगाएसँगै मन्त्रिपरिषद विस्तारबारे छलफल तिब्र पारेका छन्।

    सचिवालय सदस्यहरुको राजीनामा र मन्त्रिमण्डल विस्तारबारे आइतबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा गोप्य वार्ता गरेका हुन्। वार्ताका क्रममा ओली र दाहालमात्र रहेकोले कुनै महत्वपूर्ण विषयमा छलफल भएको अडकल गरिएको छ।

    दाहालका प्रेस सल्लाहाकार जुगलले दुई अध्यक्षबीच भेट भएको बताए। उनले डिसी नेपालसँग भने, ‘पार्टी एकीकरणको बाँकी रहेका विषयमा दुई अध्यक्षबीच कुरा भएको हो।’ मन्त्रिपरिषद विस्तारबारे कुराकानी भएकोबारे भने आफुलाई जानकारी नभएको उनले डिसी नेपाललाई बताए।

    बालुवाटार स्रोतले भने दुई अध्यक्षबीच मन्त्रिपरिषद विस्तार र पार्टी एकीकरणका विषयमा कुराकानी भएको दावी गरेको छ। स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ, यसबारे छिटै कुराहरु सार्वजनिक हुनेछन्।’

    प्रधानमन्त्री ओलीले सल्लाहाकारहरुलाई राजीनामा दिन लगाएपछि मन्त्रिपरिषद पनि विस्तार गर्ने अडकल भइरहेका बेला दुई अध्यक्षबीच आइतबार बालुवाटारमा ‘गोप्य’ छलफल भएको हो।

    छलफलका क्रममा ओलीको स्वास्थ्य अवस्थाबारे पनि कुरा भएको स्रोतले बताएको छ। मिर्गौलाले काम नगरेपछि अघिल्लो हप्ता दुई दिनसम्म अस्पताल बसेका ओलीको डायलसिस गरिएको थियो।

    त्यसयता भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको बालुवाटार स्रोत बताउँछ। तर, आगामी दिनमा नियमति डायलसिस गराउनेकी मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा निश्कर्ष निकालिएको छैन। यो विषयमा पनि दुई अध्यक्षबीच कुरा भएको जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij